एसीसी यू–१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित

भदौ २१, काठमाडौँ । एसीसी यू–१९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित घरेलु टोली श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई श्रीलंकले पाँच विकेटले पराजित गरेको हो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेल्दै उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्न सफल भए । अहान विक्रमासिंघेले ३० रन जोडे भने निपुन धनञ्जयाले १८ रन बनाए । अभिष्का थारिन्दुले अविजित २५ रन जोडेका थिए । बलिङतर्फ राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए । उनले ५४ रन बनाएका थिए । त्यस्तै रोहितकुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए ।
null
नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिएका थिए ।अब नेपालले आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।








