आजको मौसमः दिनभर पानी पर्ने, पहाडी भू-भागमा पहिरोको जोखिम

असोज ८, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल आगामी २४ घण्टा देशका केही  स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा भने वर्षाका कारण पहिरो जान सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु विभागले अनुरोध समेत गरेको छ ।   

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ। 

null

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर सामान्य बदली रहनेछ। मध्य तथा पूर्वका केही साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

असोज ९ गते   

दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिः देशभरी सामान्य बदली रहनेछ।  देशका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   

असोज १० गते   

दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केहीस्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

रातिः देशभरी सामान्य बदली रहनेछ। पूर्वका थोरै साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौम विज्ञान विभागले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =