ट्राफिक महाशाखा प्रमुखमा एसएसपी ढकाल
२०७६ भदौ १८ गते

भदौ १८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल नियुक्त भएका छन् ।
भदौ १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपी ढकालले बुधबारदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि महाशाखा प्रमुखको जिम्मेवारी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले सम्हाल्दै आएका थिए ।

२०७६ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








