बबई सिँचाई अयोजना पूरा हुने कहिले ?

३ दशकमा मुलुकको जीबनमा कायापलट आउन सक्छ । ३ दशकमै सिंगापुर, मलेसिया, थाईल्यान्ड, कोरिया लगायत कहियन मुलुकहरुको काँचुलि फेरिएको छ । तर हामी कहाँ ३ दशकमा  एउटा सिँचाई आयोजना समेत पुरा हुन सकेको छैन । त्यसैको ज्वलन्त उधारण हो, राष्ट्रिय गौरबको दज्यानी प्राप्त बबई सिँचाई आयोजना ! बबई सिँचाई आयोजना त्यतिबेला  शुरु भएको थियो, जुन बेला नेपमाल पञ्चायत ब्यवस्था थियो, अहिले नेपालको राजनीतिले युटर्न लिइसकेको छ । तर पनि पञ्चायतीकाल अर्थात २०४५।४६ ताका प्रारम्भ गरिएको बबई सिँचाई आयोजना अझै अधुरैअपुरै अबस्थामा छ । यहाँसम्म कि २०७४।७५ सम्ममा समष्टिगत भौतिक प्रगति ५९.५ र समष्ठिगत बित्तीय प्रगति ४७.२ प्रतिशत मात्र हासिल हुन सकेको छ । राष्ट्रिय योजना आयोगद्धारा प्रकाशित प्रतिबेदनले यस्तो देखाएको हो ।   

बस्तुतः बबई सिँचाई आयोजना अध्ययन शुरुवात बि.स. २०२४ सालवाटै भएको पाइन्छ । परन्तु आयोजना निर्माण प्रारम्भ  भने बि.स. २०४४।४५ वाट मात्र हुन सक्यो । आयोजना प्रारम्भ गर्दा कहिल सम्म निर्माण सम्पन्न गर्नेे, समयसीमा किटान भएको पाईदैन । भलै २०६० को दशक बि.स. २०६९।७० सम्ममा पुरा गर्ने लक्ष्य तय गरेको पाइन्छ । तर त्यो तयारी बिनाको समयसीमा  थियो । फलतः  समयसीमा लम्वाएर बि.स. २०७४।७५ पु–याईयो । तर उक्त  समयसीमा पनि ठोस कार्य योजनामा आधारित थिएन । सोही कारण उक्त समयसीमाले पनि पुरानै हबिगत भोग्न पुग्यो । अहिले निर्माण सम्पन्न गर्नु पर्ने समयसीमा २०७८।७९ पु–याइएको छ । अपितु, अहिले पनि मूल नहरको अलवा शाखा तथा प्रशाखा नहर निर्माण कार्य वाँकी रहेको छ । कमाण्ड एरियाको बिस्तृत सर्बेक्षण भैसकेको छैन । प्रश्तुत तथ्यलाई आधार मान्ने हो भने बि.स. २०७८।७९ सम्ममा आयोजना सम्पन्न हुनेमा शंका गर्नु पर्ने अबस्था छ । 

बबई सिँचाई आयोजनाको शुरु लागत २.३० अर्ब अनुमान गरिएको थियो । आयोजनाको निर्माणको समयसीमा लम्बिदैजाँदा   लागत बृद्धि हुनु अस्वभाबिक होइन । अहिले सम्म लागत ४ पटक संशोधन भईसकेको मात्र छैन, लागत साढे पाँच गुनाले बृद्धि भई १२.६९ अर्ब  पुगेको छ । चालु बर्षको बजेट बक्तब्यको  बुँदा नं. १११ मा बबई आयोजना  अगाडि बढाईने मात्र उल्लेख भएको छ । तर कहिले सम्म पुरा गर्ने किटान गर्ने हिम्मत गरिएको छैन् । यसको मतलब यो  लागत अझै बृद्धि हुनेवाला भन्ने नै हो । 

आयोजनावाट कृषि योग्य भूमि पुग्ने सिँचाई सुबिधा,  नहरको लम्वाई,  शाखा तथा प्रशाखा नहर कुनै पनि सिँचाई आयोजाको महत्वपूर्ण आयम मानिन्छ । यसहिसाबले बबई सिँचाई आयोजनाको कूल लम्वाई ७७ किलोमिटर तय भएको छ ।  बबई पुर्बतर्फ २१ हजार र बबई पश्चिमतर्फ १५ हजार हेक्टर गरी  बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाई सुबिधा पु–याउनु यस आयोजनाको प्रमुख उद्देश्य हो । उक्त उद्देश्य प्राप्तीका खाति मुल नहरको अलवा, सर्भिस सडक, गेज, डाइभर्सन निर्मण गरिदो छ ।   

कुनै पनि आयोजनमा स्रोतको अहम् भूमिका रहन्छ । बबई सिँचाई आयोजनाको लागि २०७४।७५ मा ७१. ६३ करोड, २०७५।७६ मा १.२४ अर्ब बिनियोजन भएकोमा २०७६।७७ मा  १.४९ अर्ब बिनियोजन भएको छ । यर्थाथ खर्च २०७४।७५ मा ८१.०६ करोड मात्र हुन सकेकोमा २०७५।७६ मा १.२४ अर्ब खर्च हुन सक्ने संशोधित अनुमान  छ ।   

आबधिक योजना कालमा राष्ट्रिय गौरबका आयोजना के कस्तो प्रगति गर्नु पर्दछ भन्ने कुरा लक्ष्य तय गर्ने गरेको पाईन्छ । जहाँ चौधौं आबधिक योजनाकालमा पूर्बी मुल नहरको १० किलोमिटर रि–मोडेलिङ,  पश्चिम मुलनहरको २८ किलोमिटर निर्माण सम्पन्न र शाखा नहरहरु निर्माण कार्य सम्पन्न गरी ११ हजार हेक्टर जमिनमा  सिँचाइ सुबिधा उपलब्ध  गराउने लक्ष्य तय भएको पाइन्छ । चौधौ  आबधिक योजना पुराभई पन्ध्रौं आबधिक योजनाको आधारपत्र सार्बजनिक भईसकेको भएतापनि आधारपत्रमा प्रगतिको समीक्षा र भाबि योजना खुलासा भएको पाईदैन ।   

निश्चित अबधिमा कुनै आयोजनाले के कति प्रगति हासिल हुन सक्यो  भन्ने कुराले  कुनै पनि आयोजनाको जीबनमा निकै महत्व राख्दछ । परन्तु ३१ बर्ष पूर्ब शुरुवात गरिएको उक्त आयोजनाको २०७४।७५ सम्ममा समष्टिगत भौतिक प्रगति ५९.५ प्रतिशत र समष्टिगत बित्तीय प्रगति ४७.२ प्रतिशत मै सीमित रहेको छ । कूल ७७ कि.मी. नहर निर्माणको लक्ष्य रहेकोमा ५५ कि.मी. मात्र निर्माण सम्पन्न भएको भएको छ । रिमोडलिङको कार्य ६० प्रतिशत मात्र पुरा भएको छ ।   

सिँचाई आयोजना निर्माण हुदा कृषि क्षेत्रको उत्पादकत्वमा के कति बढोत्तरी हासिल हुन सक्यो, त्यो सबै भन्दा महत्वपूर्ण कुरा मानिन्छ ।  अर्को शब्दमा भन्नुपर्दा वाली सघनता बृद्धि बेगर सिँचाई क्षेत्रमा गरिएको लगानी अर्थ रहदैन । बिश्व बैंकले बि.स. २०३७ मा  अध्ययन प्रतिबेदन तयार गर्दा कमाण्ड एरियाको वाली सघनता १ सय २९ प्रतिशत रहेको र  सिँचाई सुबिधा उपलब्ध भएमा यो सघनता ३ सय प्रतिशत पुग्ने प्रक्षेपण गरिएको थियो । अर्कोतर्फ सिँचित जग्गामा एक बर्षमा ३ खेती गरिने आधारमा आन्तरिक प्रतिफल गणना गरी योजना स्वीकृत गरिएको थियो । स्मरण रहोस बि.स. २०५० साल देखि ५.५ किलोमिटर नहर निर्माण सम्पन्न भई सिँचाई सुबिधा उपलब्ध हुदै आएको भएता पनि बि.स. २०७५ मा वाली सघनता औषत १४९.०८ प्रतिशत मात्र रहेको छ । 

राज्य निर्मित ऐनकानुुन परिपालना गर्नु सबैको दायित्व मानिन्छ । त्यसमाथि सार्बजनिक निर्माणमा ऐन कानुनको शतप्रतिशत परिपालना हुनुपर्दछ । परन्तु बबई सिँचाई अयोजनामा ऐन कानुनलाई ठाडो चुनौति दिइएको  छ । जहाँ सार्बजनिक खरिद नियमाली, २०६४ को नियम ६(३) मा सार्बजनिक निकायले निर्माण स्थलको ब्यवस्था नगरी निर्माण कार्यको खरिद कारवाही गर्नु नहुने प्राबधान हुदाहुदै ,२०७२ असारमा  पश्चिम मुल तथा शाखा नहर निर्माणको क्रममा जग्गाको मुआब्जा बितराण नगरी बि.स. २०७४ असार १५ सम्ममा पुरा गर्ने गरि ५२ करोड ३३ लाख  ठेक्का सम्झौता गरिएको छ । उक्त तथ्य महालेखा परिक्षकको ५६ औं बार्षिक प्रतिबेदनले प्रष्टै औलाएको  हो ।   

 राष्ट्रिय गौरबको आयोजना भईकन पनि बबई सिँचाई आयोजना समस्यै समस्यामा जगडिएको छ । खासमा, समय समयमा आउने वाढीले निर्मित भौतिक संरचना भत्काउने गरेको छ । मुआब्जा रकम स्थानीयवासीवाट चलनचल्ती भन्दा अधिक  माग   भएको  छ । समय समयम निर्माण सामग्री अभाब भेल्नु परेको छ । बस्तुतः मापदण्ड अनुरुप र गुणस्तर कायम नगरिदा वाढिले क्षेति पु–याउन सकेको हो । मुआब्जा सम्बन्धि अस्पष्टताको कारण चलनचल्ती भन्दा अधिक मूलय माग गरिएको हो । राष्ट्रिय गौरबको आयोजनाका लागि निर्माण सामग्री प्रबन्ध सम्बन्धि प्रष्ट नीतिगत ब्यवस्था नुहदा निर्माण सामग्रीको अभाब भेल्नु परेको हो ।   

 बबई सिँचाई आयोजना निःसन्देह रणनीतिक महत्वको आयोजना हो । बबई सिँचाई आयोजना रातो किताबमा प्राथमिकता, रणनीतिक स्तम्भ, जलबायु परिबर्तन, लैंगिक संकेतका हिसाबले पहिलो प्राथमिकता(पिवान)मा सूचिकृत भएको छ ।  प्राथमिकीकरण मुलतः  आबधिक योजनाको लक्षित बृद्धि, लक्षित दिगो बिकास,  जनसहभागिता क्षेत्रीय समाबेशीकरण, सामाजिक समाबेशीकरण र मूलप्रवाहिकरण,  उत्पादनमूलक रोजगारी, आर्थिक, कृषि, भूमिसुधार तथा बन, पूर्बाधारमा पु–याउने योगदानको आधार मानि तय गरिएको हो ।   

कृषि क्षेत्रको स्त्तरोन्नति बिना बि.स. २०७९ सम्म अतिकम बिकामिसत देशवाट बिकाशील देशमा र बि.स. २०८७ सम्ममा दिगो बिकासको लक्ष्य हासिल सम्भब छैन । बबई  सिँचाई आयोजनाको निर्माण सम्पन्न हुनु भनेको पन्ध्रौं योजनाको आधारपत्रमा तय गरिएको कृषि क्षेत्रको उत्पादकत्व बृद्धि दर ४ प्रतिशत पु–याउन मद्धत मिल्नु हो । यसर्थ २०७९।८० सम्ममा आयोजना हर हालमा पुरा गर्ने गरी कार्यान्वयलाई तिब्रता दिनु पर्दछ । यसका निमित्त आयोजना प्रमुख र नेपाल सरकार बीच भएको कार्य सम्पादन करार अक्षरसः परिपालना गर्नु गराउनु पर्दछ । मुआब्जा बितरण, कच्चा पदार्थ निर्वाध आपुर्ति आपुर्तिमा रहेको अडचन निवारणर्थ प्रष्ट नीतिगत ब्यवस्था गर्नु पर्दछ । अझ महत्वपूर्ण कुरा चै सार्बजनिक खरिद नियमावली, २०६४ को नियम १११ मा खरिद सम्झौता कार्यान्वयन गर्दा निर्माण कार्यको गुणस्तर परिक्षण तथा निरिक्षण गरि भुक्तानी दिनु पर्ने ब्यवस्था रहेकाले भुक्तानी दिदा सम्झौताको स्पिेशिफिकेशनमा उल्लेख भए  अनुरुप सिमेन्ट, गिटी, बालुवा, डण्डी, ढुंगा र मिसावाट अनुपात भए नभएको किटान गर्नु चुक्नु हुदैन । ताकि, आयोजनाको गुणस्तर कायम हुन सकोस । सिकटा आयोजनाले जस्तो परिक्षणको क्रममा भत्कनु पर्ने हबिगत बेहोर्नु नपरोस ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *