ओखलमा लुकाएर ल्याएकाे डेढ किलो सुन सहित विमानस्थलमा ३ पक्राउ

भाद्र २३, काठमाडौँ  । सोमबार बिहान ११ बजे  त्रिभूवन अन्तर्राट्रिय विमानस्थलबाट मसला कुट्ने ओखलमा लुएकार ल्याएको डेढ किलो सुन सहित ३ जना पक्राउ परेका छन् । 

कतारबाट उडेको हिमालयन एयरलाइन्सको विमानमा  १४ सय ग्राम सुन लिएर आएका  होमबहादुर गुरुङ र उनलाई रिसिभ गर्न आएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

बिमानस्थलमा गुरुङमाथी शंका लागेर  त्रिभूवन विमानस्थलका कर्मचारीलेले खानतालासी गर्ने क्रममा उनलाई पक्राउ गरिएको त्रिभूवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख ध्रुब विश्वकर्माले जानकारी दिएका छन् ।   

उनले भने ‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ सय ग्राम सुन बरामद भएको छ । ’   

पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन्  ।पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् । 

पक्राउ गरेका तीनै जनमाथी आवश्यक अनुसन्धान भई रहेको विश्वकर्माले बताएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =