च्याम्पियन्स लिग शुरु हुनै लाग्दा रियाल मड्रिडलाई थपिएको चिन्ता

एजेन्सी । युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु हुनै लाग्दा च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस महारथी रियाल म्याड्रिडलाई चोटै चोट पिरोलेको छ । 

बुधबार समूह ‘ए’ मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्नु अघि भरपर्दा लेफ्ट ब्याक ब्राजिली मार्सेलोलाई पनि गुमाउने पक्का भएपछि रियालमा चोटको समस्या थप बल्झिएको हो । 

रियालले बुधबार पीएसजीसँग खेल्दै नयाँ सिजनको च्याम्पियन्स लिग सुरुवात गर्दैछ । मार्सेलोलाई ब्याक स्टे«न भएको क्लबले उल्लेख गरेको छ । सोमबार क्लबको मेडिकल टोलीले गरेको परीक्षणमा मार्सेलोलाई पोस्ट–ट्रोउम्याटिक सेर्भिकोडर्सलको समस्या रहेको र उनले पीएसजीविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले उल्लेख गरेको छ । 

मार्सेलोको अनुपस्थितिमा १३ पटकको युरोपेली च्याम्पियन रियालले पीएसजीविरुद्ध यसै सिजन क्लबमा अनुबन्ध भएका फरल्यान्ड मेन्डीलाई मौका दिन सक्नेछ । 

रियालका इस्को, लुका मोड्रिच, मार्काे एसेन्सो र फेडे भालभेर्डेले चोट बोकेका छन् । कप्तान सर्जियो रामोस र नाचो फर्नान्डेज प्रतिबन्धमा छन् । लगातार तीन पटकको च्याम्पियन रियाल गतवर्ष प्रि–क्वाटरफाइनलमा आयाक्ससँग पराजित हुदै बाहिरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *