एनआईसी एशिया बैंककोे चार नयाँ शाखा र एक शाखारहित बैंकिङ्ग सेवा एकै साथ सञ्चालन

आसेज १३, काठमाडौँ । एनआईसी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आश्विन आइतबारदेखि सञ्चालनमा आएको छ ।   

शाखाको रुकुम पूर्वस्थित रुकुमकोटमा नयाँ शाखाको उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरेका छन् । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्याल गरे । चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको उद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले गरेका थिए ।   

त्यसैगरी काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरेका थिए ।   

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२ औंं शाखारहित बैंकिङ्ग सेवा पनि आइतबारदखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा सम्पन्न भएको हो ।   

शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरिप्रसाद दंगाललाई नियुक्त गरिएको छ । यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *