काठमाडौँको गोलढुंगामा गोली चल्यो, एक जना पक्राउ

 भदौ २७, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी काठमाडौंको गोलढुंगाबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।   

शुक्रबाट दिउँसो प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न नजोक भनिने साजन गुरुङलाई नियन्त्रणमा लिएको हो ।   

प्रहरीको गोली लागि साजन सामान्य घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ। गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।   

सुरुमा साजन गुरुङले प्रहरी टोलीमाथि गोली प्रहार गरेका कारण जवाफी फायर गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद भएको छ ।   

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =