कालिकाको समिक्षाः पूर्वाधार विकासमा १२ करोड खर्च

असोज २ चितवन ।  चितवनको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समिक्षा बिहीवार समिक्षा गरिएको छ ।  

गत वर्ष नगरपालिकाले गरेको कार्य प्रगतिको राजनितिक दल लगायतको उपस्थितीमा समिक्षा गरेको हो । समिक्षामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले प्रगतिको जानकारी गराउँदै गत वर्ष पूर्वाधार निर्माणमा १२ करोड ९९ लाख ४८ हजार रुपैया खर्च भएको बताए । 

सडक, पुल, कर्ल्भट, सिंचाई, भवन तथा शहरी विकास,वैकल्पीक उर्जा,खानेपानी लगायत विविध गरेर २७ करोड १ लाख रुपैया पूर्वाधार विकासमा विनियोजन भएको थियो । प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले नगरपालिकाले गत आर्थिक वर्षमा ११ किलो मिटर नयाँ ट्रयाक खोलेको, ३७ किलो मिटर बाटोमा ग्रावेल विछ्याईएको,३.६ किलो मिटर कालोपत्रे गरिएको,१.३ किलो मिटर कालोपत्रे मर्मत गरिएको ,६ वटा कर्ल्भट निर्माण गरिएको बताए । 

 कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको समिक्षमा कृषि शाखा प्रमुख शिवराज पौडेल,पशु सेवा शाखा प्रमुख इश्वरी प्रसाद पौडेल,शिक्षा शाखाका नारायण वाग्ले, महिला तथा वालवालिका शाखाकी नानीमाया पौडेल, बिपद व्यवस्थापन शाखा प्रमुख वलराम लुईटेल, स्वास्थ्य शाखा प्रमुख विश्वनाथ रेग्मीले गत वर्ष आ-आफ्नो शाखाले गरेका प्रगतिका विवरण प्रस्तुत गरेका थिए ।  

समिक्षा वैठकमा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले समथर भुभाग र पहाडी भुभागका वडाहरुको समान विकास गर्ने गरि नगरपालिकाले काम गरिरहेको बताए । समिक्षामा नेकपाका प्रतिनिधी, नेपाली काग्रेशका प्रतिनिधी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *