अमेरिकामा कार दुर्घटनाः एकै परिवारको तीन नेपालीको मृत्यु दुईको अवस्था चिन्ताजनक

भाद्र १९ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । 

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका हुन् । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ । 

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए । 

alt

उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *