आज पनि पानी पर्ने, भोलिदेखि मात्रै मौसम सुधार हुने

असोज १, काठमाडौँ । आज देशभरि नै बदली भई वर्षा हुने र भोलि बिहीबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

लगातारको वर्षाका कारण पहाडी भूभागमा पहिरोसमेत जान सक्ने तथा नदिहरुमा  पानीको वहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सबैमा विभागको अनुरोध छ । विभागका अनुसार मौसममा आएको खराबीका कारण हवाई यातायातमा अवरोध आउनुका साथै पहिरोका कारण सडक यातायातमा पनि बाधा आउनसक्ने छ ।   

null

विभागका अनुसार भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको र बंगालको खाडडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि सक्रिय रहेको हो ।   

असोज १ गते बुधबार 

दिउँसोः देशभरी सामान्य देखिपूर्ण बदली रही पश्चिम तथा मध्य भूभागका धेरै स्थानमा र बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ। 

रातिः देशको पश्चिमी तथा मध्यमा सामान्यदेखि पूर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली  रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ।   

असोज २ गते बिहिबार 

दिउँसोः देशभरी आंशिक देखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। रातिः देशभरी आंशिकदेखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *