कन्काई विकास बैंक प्राप्ति पछि प्राइम कमर्सियल बैंकको एकीकृत कारोबार सुरु

भाद्र २९, काठमाडौं । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात आजबाट प्राइम कमर्सियल बैंक लिमिटेडले एकीकृत कारोबार सुरु गरेको छ । 

आज एक समारोह बीच बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरे । प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बित्तिय संस्थाका सञ्चालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकले बिभिन्न बित्तिय संस्थाहरुलाई मर्जर/प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्र्तगत कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको हो । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु. ९.६८ अर्ब पुगेको छ भने निक्षेप रु. ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको छ । प्राप्ति पश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको बैंकका नायव महाप्रबनधक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *