ईष्ट टुरिजम मार्टको ब्राण्ड धरानलाई बनाउन पूर्वका पर्यटन व्यवसायी जुट्दै

भाद्र २५, धरान । नेपालको पूर्वी क्षेत्रको पर्यटन प्रर्वधनका लागि सञ्चालन हुन लागेको इष्ट टुरिजम मार्टको दोश्रो संस्करणका लागी पुर्वका स्थानीय सरकारका साथै पर्यटन ब्यवसायीहरु जोडतोडका साथ लागि परेका छन ।   

जसको तयारी स्वरुप मंगलबार धरानको उद्योग बाणिज्य संघमा बैठकमा ईष्ट टुरिजम मार्टको तयारी चरणको बारेमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । 

यहि आउँदो असोज ४, ५ र ६ गते धरानको सिद्धिनेवा परिषद् भवनमा हुने कार्यक्रमको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तय भएको छ । कार्यक्रममा संघिय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको समेत सहभागीता रहनेछ । 

ईष्ट टुरिजम मार्टमा १ नं प्रदेशका १४ बटा जिल्ला अन्य ६ बटा प्रदेशका पर्यटन ब्यवसायी तथा बिशेष व्यक्तित्वहरुलाई धरानमा ल्याई पर्यटनको माध्यमबाट १ नम्बर प्रदेशलाई चिनाउने तथा अन्तरकृया गर्ने पर्यटन व्यवसायी तथा प्रदेश नं. १ का पर्यटन संयोजक भविश कुमार श्रेष्ठले बताए । 

ईष्ट टुरिजम मार्टमा भारतको बिहार, सिक्कीम, कलकत्ता, भुटान र बंगलादेश लगायतबाट १ सय जनाभन्दा बढी अन्र्तराष्ट्रिय पर्यटकहरु भित्राई धरान मात्र नभई १ नम्बर प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको बारेमा पहिचान गराउनुका साथै आएका पर्यटकहरुको देशबाट व्यवसायीक रुपमा पर्यटक ल्याउन वहस समेत थालिने छ ।   

मार्टमा लुम्बिनी, काठमाडौं, पोखरा, चितवनका क्रमसः ७,९,९ र ४ गरी करिब ३० वटा स्टलहरुमा समेत पर्यटन सामग्रीहरुको प्रदर्शन समेत गरिने छ । टुरिजम मार्टमा छिमेकी भारतको विहार, पूर्णिमा, कटियार, किशनगञ्ज, पटना, सिलिगुडी, सिक्किम, भुटानको जयगाउँबाट पर्यटन व्यवसायीहरु आउने छन् ।   

नेपाल पर्यटन बोर्डको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा इष्ट टुरिजम मार्ट सचिवालयको व्यवस्थापनमा हुने मार्टमा पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प, हलेसी महादेव, बराह क्षेत्र, संकटा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, ऐतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभरा लगायतका क्षेत्रलाई प्रचार गरिने छ । 

आयोजकले उल्लेखित क्षेत्रको विवरण, फोटो, डकुमेन्ट्री प्रस्तुत गर्नेछ भने, तत्काल स्थलमा जान चाहने पर्यटकहरुलाई भ्रमणको पनि व्यवस्था गरिने छ । मार्टमा साहसिक खेलहरुका लागि सहुलियत दरमा मार्ट स्थलबाटै सेवा प्रदान गरिने संभावना रहेको आयोजकको दावी छ । 

सिक्किम दार्जेलिङ, चीन, काठमाडौं लगायतका स्थानमा पर्यटन प्याकेज बेचिरहेका व्यवसायीहरुलाई पूर्वको पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएर पर्यटकहरुलाई प्रदेश नं. १ मा ल्याउने मुख्य उद्देश्य रहेको धरान उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारीले बताइन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *