आफ्नै कामदारबाट हत्या, छोरी अपहरण गर्ने धम्की दिँदै माग्यो फिरौती, सरकारी जग्गा लिँदै, भाडा असुल्दै

भदौ १८, काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । यो समाचार आजको नेपाल सामाचार पत्रमा छापिएको छ ।  

उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए । 

हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ । 

null

आजको नागरिक दैनिकमा अपहरण गरी धम्क्याउनेलाई पक्राउ गरेको विषयमा समाचार छापिएको छ । काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।   

२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । 

मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए । त्यस्तै आजको कान्तिपुर दैनिकले सरकारी जग्गा लिँदै भाडा असुल्दै शर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार पोखरा विश्वविद्यालय, झापाको दकमस्थित रामचन्द्र मन्दिर, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय इलाम, नेत्रज्योति संघ काभ्रे, दुग्धविकास संस्थान लैनचौरलगातका दर्जनौं संस्थाले सरकारी जग्गा लिँदै भाडा असुल्दै गरेको पाइएको छ ।   

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ ले सामाजिक सेवाको प्रयोजनले निःशुल्क भोगाधिकार दिइएको जग्गा व्यापारिक प्रयोजन वा भाडामा लगाउन नपाइने स्पष्ट व्यवस्था गरेको  छ । तर माथिका उदाहरणले सरकारी जग्गा निरन्तर दुरुपयोग भइरकेको तथ्य उजागर गर्छन् ।   

सरकारले जग्गाको भोगाधिकार उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०६२ खारेज गरेर नयाँ कार्यनीति जारी गरेको थियो । त्यसमा कार्यनीति उल्लंघन गरेको पाइए भोगाधिकार खारेज गरी जग्गा फिर्ता ल्याउने व्यवस्था छ । गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयले जग्गा फिर्ता ल्याउन सक्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *