कारखानामा विस्फोटन हुँदा ९ काे मृत्यु

भाद्र १९, भारत ।   भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ  । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।   

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चार माध्यमहरुले बुधबार उल्लेख गरेका छन् ।   

पञ्जावको गुर्दासपुर अन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दा लगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *