छोरीको हत्यापछी पिताले गरे आत्महत्या

असोज ६, कैलाली । कैलालीको  गौरीगंगा नगरपालिका ५ मा छोरीको हत्या गरेपछी एक पिताले पनि आत्महत्या गरेका छन् ।   

पिता रामबहादुर कलेलले आफ्नो ३ वर्षिय छोरी अनुष्कालाई सल्पास नामक बिष खुवाएर हत्या गरेपछी आफूले पनी आत्महत्या गरेका हुन् ।   

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल झुण्डिएर आत्महत्या गरेपछी उनीमाथी सरिताको माईतीपक्ष आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्धा दायर गरेपछी उनलाई  जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो । 

पछी  उनी निर्दोश सावित भएर छुटेका थिए उनी छुटेकाे केही महिनामै उनले छोरीको हत्या गरी आफूले पनी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

किन रामबहादुरले छोरीको हत्या गरी आफूले नि आत्महत्या गरेको कारण भने खुल्न नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *