यस्तो बन्यो किशोर र सञ्चिताको ‘शिवा’को ट्रेलर

भाद्र १८, काठमाडौँ । मंसिर २७ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘शिवा’ को  पोस्टर सहित ट्रेलर सार्वजनिक भएको छ ।   

रामकाजी घिमिरेको निर्देशन र लेखन रहेको चलचित्र  किशोर खतिवडा, सञ्चिता लुइटेल, निरज महर्जन, होम दवाडी, पुर्णिमा लामा, शम्भु गहतराज, ज्याक श्रेष्ठ, धुर्व कोराला लगायत कलाकारको भूमिका रहेको छ । 

करिब ३ मिनेट जतिको सार्वजनिक ट्रेलरमा एक्शन, लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण गरिएको छ । मदन खत्री र सुकराज विकको लगानी रहेको यस चलचित्रमा समाजमा भएको विकृति विसंगतिलाई  प्रस्तुत गरी बनाईएको छ । 

अभिनेता ज्याक श्रेष्ठले निर्माण गरेको यस चलचित्र हिमश्री फिल्मस्को ब्यानरमा तयार पारिएको हाे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *