सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

भाद्र २३, धादिङ्ग । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३, धादिङ्ग धार्के गाउँपालिका, वडा नंÞ. ५ मा सन्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई ५० हजार वित्तीय सहयोग गरेको छ ।   

फाउण्डेशनले धार्के गाउँपालिकामा सञ्चालित जन भोजन कार्यक्रम  अन्त्र्तगत दैनिक रुपमा बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई निःशुल्क भोजन गराउँदै आएको छ । साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ ।  

उक्त संस्थालाई बैंकले प्रदान गरेको वित्तिय सहयोगले थोरै भएपनि टेवा पुग्ने विस्वास बैंकले लिएको छ । उक्त संस्थालाई ५० हजारको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपुर्व प्रसाद जोशीद्वारा फाउण्डेशनका कोषाध्यक्ष दुर्गा दत्त घिमिरेलाई हस्तान्तरण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *