सुनसँगै चाँदीको भाउ पनि घट्यो

असोज १३, काठमाडौँ । लगातार घट्दै गई रहेको सुनको भाउ सोमबार पनि तोलामा २ सय रुपैँया घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार छापावाल सुन प्रतितोला ७० हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ । जब की आईतबार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा बिक्रिबितरण भएको थियो । 

त्यसैगरी आज तेजावी सुन पनि प्रतितोला ६९ हजार ७ सयमामा कारोबार भईरहेको महासंघले जनाएको छ । तेजावी सुनको आईतबारको भाउ प्रतितोला ६९ हजार नौं सय रुपैयाँ रहेको थियो । 

सोमबार चाँदीको भाउनमा पनि ५ रुपैँया घटेर प्रतितोला ८ सय ४० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *