बालुवाटार जग्गा प्रकरणः अख्तियारले बयानका लागि बोलायो ५८ जना (नामसहित)

भदौ १८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणअन्तर्गत बयानका लागि ५८ जनालाई बोलाएको छ ।   

बुधबार एक सूचना जारी गर्दै अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका कामना गुरुङ, मनोजकुमार केडिया, सिपिका खेतान, कल्पना तुलाधर लगायत गरी ५८ जनालाई बोलाएको हो ।   

अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ । 

Image result for अख्तियार दुरुपयोग अनुसन्धान आयोग

‘ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा, मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गा धनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धान शिलशिलामा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ’, अख्तियारद्वारा जारी सूचनामा उल्लेख छ ।   

यसअघि पनि अख्तियारले २ पटकसम्म सार्वजनिक सूचना प्रकाशन गरी अनियमिततामा मुछिएकाहरुलाई बयानका लागि बोलाएको थियो । अख्तियारले गत असार ११ र १२ मा सूचना प्रकाशित गर्दै ८९ जनालाई बयानका लागि डाकेको थियो । 

अख्तियारद्वारा जारी गरिएको सूचना  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *