आज असाेज ७ गते मंगलबार यस्ताे छ आजकाे पञ्चाङ्ग र राशीफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ असोज ७। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। दशमी, ११:४३ उप्रान्त एकादशी। नक्षत्र– पुनर्वशु, ६:५१ बजेदेखि तिष्य, २९:४० बजेउप्रान्त अश्लेषा। योग– परिघ, १३:२० बजेउप्रान्त शिव। करण– भद्रा, ११:४३ बजेदेखि वव, २२:४६ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान ३० घडी ० पला। एकादशी श्राद्ध। २९:४० बजेपछि सर्वार्थसिद्धि योग। 

०७ आश्विन २०७६ मंगलवारको राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हातपार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला ।  

 ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *