भीआईपी आवसमै करोडौँ खर्चः सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ८५ करोडमा अत्याधुनिक आवास बन्दै

आसोज १३, काठमाडौँ । काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । 

ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्यास हुने कार्यक्रम तय गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । 

ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

null

८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =