सुनसँगै चाँदीको मूल्यपनी बढ्यो

असोज ९, काठमाडौँ । मंगलबार सुनको मूल्यमा १ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला  ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्यमा आज तोलामा १ सय बृद्धी भई प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

त्यसैगरी मंगलबार प्रतितोला ७० हजारमा कारोबार भईरहेको तेजाबी सुनको मूल्यमा पनि आज तोलामा १ सय बृद्धी भई प्रतितोला ७० हजार १ सयमा बिक्रीबितरण भई रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।   

Image result for सुनसँगै चाँदी

मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ८५ रुपैयाँमा कारबार भईरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *