आज भदाै ३१ गते मंगलबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशीफल

वि.सं. २०७६ भदौ ३१। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर १७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। तृतीया, १४:०७ उप्रान्त चतुर्थी। नक्षत्र– अश्विनी, २९:२५ बजेउप्रान्त भरणी। योग– ध्रुव, २३:२४ बजेउप्रान्त व्याघात। करण– भद्रा, १४:०७ बजेदेखि वव, २६:४३ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान ३० घडी ८ पला। भाद्र मसान्त। गातिला। इन्द्रध्वज पातन। नानिचाया।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
null
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भयछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको धन पाइएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त संग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल








