आज घटस्थापना, औपचारिक रुपमा दशैँ सुरु, घरघरमा जमरा राखेर दशैँ भित्र्याइँदै

असोज १२, काठमाडौँ। नेपाली हिन्दूहरुको महान चाड दशैँको आज घटस्थापनाको दिन । आजदेखि औपचारिक रुपमा दशैँ सुरु भएको मानिन्छ ।  

आज हिन्दू धर्मावलम्बीहरुले घरघरमा जमरा राखेर दशैँ भित्र्याउँदैछन् । घटरस्थापनका लागि विहान १०ः३५ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।  

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राख्ने गरिन्छ ।   

null

आजका दिन पूर्ण कलसको जल पनि राखिन्छ । सोही जलले अभिषेक गरी आजकै दिन वैदिक विधिपूर्वक राखिएको जमरा दशैँमा टीकासँगै लगाउने प्रचलन छ । 

हिन्दुहरुले आजदेखि सुरु भएको दशैँ कोजाग्रत पूर्णिमासम्म मनाउने गर्दछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *