ट्रम्पले किन तोडे तालिवानसँगको शान्ति सम्झौता ?

भदौ २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौताबाट पछि हट्ने घोषणा गरेका छन् ।   

ट्रम्पले एकपछि अर्को ट्वीट गर्दै भनेका छन् कि उनलाई आइतबार क्याम्प डेविडमा तालिवान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिका साथ एक गुप्त बैठकमा हिस्सा लिनु थियो तर अब यसलाई रद्द गरिएको छ ।   

उनले भनेका छन्, ‘काबुलमा भएको कार बम विष्फोट पश्चात् यो कदम उठाउन लागिएको हो, जसमा एक अमेरिकी सैनिक सहित १२ मानिसको मृृत्यु भएको थियो । तालिवानले यस हमलाको जिम्मेवारी लिएको थियो ।   

Image result for ट्रम्प रिसाए

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलीलजादले गत सोमबार तालिवानका साथ सिद्धान्तमा आधारित एक शान्ति सम्झौता हुने घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अन्तर्गत अमेरिका अर्को २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो ५४०० सैनिक फिर्ता लाने तयारीमा थियो । यद्यपि अमेरिकी राजदूतले भनेका थिए कि सम्झौताको अन्तिम छाप राष्ट्रपति ट्रम्पले लगाउनु पर्नेछ ।   

बिहिबार काबुलमा भएको कार बम विस्फोट पश्चात् तालिवानसँगको वार्ताका बाबजुद अफगानिस्तानमा हिंसा रोकिने छैन भन्ने चिन्ता उत्पन्न भएको थियो ।   

२००१ मा अमेरिकी सैन्य अभियानपछि हाल पहिलो पटक अफगानिस्तानमा एक निकै ठुलो हिस्सामा चरमपन्थीको नियन्त्रणमा छ । तालिवान अहिलेसम्म पनि अफगानिस्तान सरकारसँग छलफल गर्न सधैँ इन्कार गर्नुको कारण पनि यही हो । उनीहरु अफगानिस्तानलाई अमेरिकाको कठपुतली भन्दछन् ।   

अमेरिका र तालिवानबीच कतारमा अहिलेसम्म नौ पटक शान्तिवार्ता भइसकेको छ । प्रस्तावित सम्झौतामा यो प्रावधान थियो कि अमेरिकी सैनिकको बिदाईको बदलामा तालिवान यो सुनिश्चित गर्ने थियो कि अफगानिस्तानको प्रयोग कहिले पनि अमेरिका र उसका सहयोगीमाथि हमलाका लागि गरिने छैन ।   

अफगानिस्तानमा २००१ मा अमेरिकाको अगुवाइमा शुरु भएको सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय गठबन्धन सेनाका लगभग ३५०० सदस्यको ज्यान गइसकेको छ जसमा २३०० अमेरिकी छन् । अफगानिस्तानका आम जनता, कट्टरपन्थी र सुरक्षाबलहरूको मृत्यु हुने संख्याको अनुमान गर्न गाह्रो छ।  

२०१९ मा संयुक्त राष्ट्रले आफ्नो एक रिपोर्टमा भनेको थियो कि त्यहाँ ३२००० भन्दा ज्यादा आम मानिसको मृत्यु भएको थियो । त्यस्तै ब्राउन यूनिभर्सिटीको वासिङटन इन्सिच्युटका अनुसार त्यहाँ ५८००० सुरक्षाकर्मी र ४२००० विद्रोही मारिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *