‘इष्ट टुरीजम मार्ट २०१९’को तयारी अन्तिम चरणमा

असोज २, धरान । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभ तथा प्रदेश नम्बर १ को पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा पर्यटन प्रर्बधन तथा बजारीकरण गर्न दोस्रो संस्करणको ‘इष्ट टुरीजम मार्ट २०१९’को तयारी अन्तिम चरणमा पुगेको छ । इष्ट टुरिजम मार्ट २०१९ आयोजक समितिले आज उक्त जानकारी दिएको हो ।   

नेपाल पर्यटन बोर्डको आयोजना, धरान उपमहानगरपालिकाको सह आयोजना, प्रदेश सरकारको सहयोग तथा प्रदेश नम्बर १ का पर्यटन व्यवसायीहरुको सक्रियतामा हुन गईरहेको कार्यक्रम धरानको सिद्धिनेवा परिषद्को भवनमा असोज ४ देखि ६ गते सम्म हुनेछ । 

कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । उद्घाटन समारोहमा प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारी सहित प्रदेश सरकारका मन्त्रीगणका साथै स्वदेशी एवं विदेशी पर्यटन व्यवसायीहरुको उपस्थिती रहने छ । 

null

कार्यक्रममा प्रदेश नम्बर १ का १४ ओटै जिल्लाका पर्यटन व्यवसायीहरुका करिब ६० वटा व्यवसायीक स्टलहरु रहनेछन् भने नेपालका अन्य प्रदेशका तर्फबाट पर्यटन व्यवसायीहरुका करिब ३० वटा व्यवसायीक स्टलहरु रहनेछन् । 

कार्यक्रममा व्यवसायीक सहभागिता जनाउन भारतका नयाँदिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्कीम तथा जयगाँउबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहने छ । तेस्रो मुलुक भुटान र बङगलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहने छ । मार्टमा कुल १ सय २० जना विदेशी पर्यटन व्यावसायीहरुको सहभागिता रहनेछ । 

मार्टको उद्घाटन समारोहका बीच मुख्य मन्त्रिको उपस्थितीमा सिक्किमका पर्यटन व्यवसायी र पूर्वी नेपालका पर्यटन व्यवसायी विचमा व्यवसायीक पर्यटन साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उद्घाटनको अवसरमा धरानमा विभिन्न जातजातीहरुको संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमसँगै वेलकम डिनरको कार्यक्रम रहनेछ । मार्टको दोस्रो  दिन विहान धरान आसपासका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने दिउँसो नेपालका पर्यटन व्यवसायी सँग विदेशी पर्यटन व्यबसायीहरुले  (वि टु वी ) विजनेस टु विजनेस मिटिङको गर्नेछन् । अपराह्न विदेशी पर्यटन व्यवसायीहरुले इटहरी र विराटनगरका पर्यटन व्यवसाय प्रोप्रर्टी भिजीट गरि विराटनगरका पर्यटन व्यवसायीहरुले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् । 

कार्यक्रमको तेस्रो दिन विहान विराटनगरबाट कोशीटप्पुको भिजिट सकेर धरानमा हुने समापन कार्यक्रममा सहभागीता जनाउनेछन् । मार्ट अवधिभर धरानमा हुने साहसिक खेलहरु प्याराग्लाइडीङ, र्याफ्टीङ, साईक्लिङ जस्ता अन्य खेलहरु सञ्चालनमा रहने छन् । समापन समारोह पछि विदेशी पाहुना पर्यटकहरुलाई ‘फेमट्रिप’ का लागि पर्यटकहरुको इच्छा अनुसार बराहक्षेत्र, बिष्णुपादुका, हलेसी, हिले, टिएमजे क्षेत्र, ईलाम र सप्तरीको सखडा भगवतीको मन्दिर लगायतका क्षेत्रहरुमा लगिनेछ र त्यहाबाटै आ–आफनो गन्तव्य तर्फ विदाइ गर्ने कार्यक्रम रहेको ईष्ट टुरिजम मार्ट,२०१९ का अध्यक्ष भविषकुमार श्रेष्ठले जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *