बिराटनगर क्रिकेट क्लब काठमाडौंमा हुने एकेडेमी क्रिकेट लिगमा सहभागी हुने

असोज ७, बिरानगर । नेपाल भरीका १६ वटा नीजि लगानीका एकेडेमीहरु विच हुने एकेडेमिक क्रिकेट लिगमा बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले पनि सहभागिता जनाएको छ ।   

नेक्सस क्रिकेट एकेडेमी काठमाडौंको आयोजना र राष्ट्रिय खेलकुद परिषदको प्रवद्र्धनमा हुने क्रिकेट लिगमा बिराटनगरले पनि सहभागिता जनाएको हो । प्रतियोगिता असोज ४ गतेदेखि सुरु भइसकेको छ । असोज १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगर क्रिकेट क्लबले लिग चरणमा ३ वटा खेल खेल्नेछ ।  

पहिलो खेल असोज ११ गते ९ एन्जल्स हार्ट क्रिकेट काठमाडौंसँग हुनेछ भने, दोश्रो खेल असोज १३ गते जय क्रिकेट एकेडेमी महेन्द्रनगर विच हुनेछ । तेस्रो खेल भने असोज १४ गते ओसिस क्रिकेट एकेडेमीसँग रहेको छ ।   

प्रतियोगितामा बिराटनगरबाट १४ जनाको टिम छनौट गरिएको छ । टीममा कप्तान अमन आजाद, प्रशिक्षक राज कुमार प्रधान र म्यानेजर आशिष श्रेष्ठको साथम असोज ९ गते काठमाडौं जादै छन् । उक्त प्रतियोगितामा खेलाडी तथा अफिसियलको पाँच लाखको बिमा गरिने भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *