फ्रिजमा करेन्ट लाग्दा श्रीमान श्रीमतीसहित कामदारको मृत्यु

असोज ८, धनुषा । मंगलबार राती धनुषाको एक होटेलको फ्रीजमा करेन्ट लाग्दा श्रीमान् श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ ।   

धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहामा एक होटलको फ्रिजमा करेन्ट लाग्दा  ५५ वर्षीय शिवकुमार महतो र उनको श्रीमतीसहित उक्त होटलमा काम गर्ने एक महिलाको मृत्यु भएको हो ।   

पुर्वेली स्टाफ होटल नाम रहेको उक्त होटल संचालक मृतक शिवकुमारको नाम खुलेपनी अन्य दुई मृतकको नाम खुल्न नकिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् ।   

घटना गएराती नै घटेपनी स्थानियबासीले भने बुधबार बिहान मात्र थाहा पाएका हुन् । बुधबार बिहान अबेर सम्म पनि कोही नउठेपछी स्थानीयले उक्त घरभित्र हेर्दा तीनै जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *