सिटिजन्स बैंकको अध्यक्षमा राजन सिंह भण्डारी

असोज १०, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ते¥ह्रौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।   

साधारण सभाबाट बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।   

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १,००,४५,२७,७७३/– नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५,११,३१,९४३/– बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

सभाका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने बताउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास दिलाए ।   

सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे र श्री सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की केसी, निर्विरोध निर्वाचित भएकी छिन् । साधारणसभा पछि आजै बसेको सञ्चालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *