८० हजार निजामती कर्मचारीमा १ जना पनि भेटिएन सर्वोत्कृष्ट

भदौ २३, काठमाडौँ । सरकारले ८० हजार हाराहारीमा निजामती कर्मचारीमध्ये यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन । निजामती सेवा दिवसका अवसरमा आइतबार सरकारले १० जनालाई उत्कृष्ट सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दा सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारीको नाम घोषणा नै गरिएन ।   

सर्वोत्कृष्ट कर्मचारी नभेटिएपछि निजामती सेवाभित्रको सबैभन्दा ठूलो पुरस्कार दिन नसकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । सर्वोत्कृष्ट पुरस्कार नदिएको यो लगातार तेस्रो वर्ष हो । पुरस्कारको राशी २ लाख रुपैयाँको छ। निजामती सेवाको स्तर सुधार हुनुको सट्टा बर्सेनी खस्कँदै गएको सर्वोत्कृष्ट कर्मचारी भेट्न नसकिएको टिप्पणी उच्च सरकारी अधिकारीकै छ ।   

सरकारले २०७३ सालमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको थियो। त्यसअघिका वर्षहरूमा तत्कालीन परीक्षा नियन्त्रक सहसचिव सूर्यप्रसाद गौतम एवं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीलाई सर्वोत्कृट पुरस्कार प्रदान गरेको थियो। गौतम हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन्। 

null

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा निजामती सेवाभित्रका १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *