जुम्ला–रारा अल्ट्रा म्याराथनमा स्थानीयदेखि अन्तर्राष्ट्रियसम्मका ५०० खेलाडी सहभागी

भदौ २९, जुम्ला । जुम्लामा दोस्रो पटक आयोजना गरिएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा पाँच सय जनाले सहभागिता जनाएका छन् । कर्णाली स्पोर्टस् क्लव जुम्लाको आयोजनामा भएको म्याराथनमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागि भएका हुन् ।
जुम्लाको चन्दननाथदेखि कर्णाली प्रमुख पर्यटकीय स्थल रारा तालसम्मको ४९ किलोमिटर, ५ किलोमिटर र १ किलोमिटर दौड प्रतियोगितामा देश तथा विदेशका पाँच सयले सहभागिता जननएको क्लवका अध्यक्ष सरोज शाहीले जनाकारी दिए ।
४९ किलोमिटरमा ६३ जनाले सहभागिता जनाएका छन् । भने पाँच किलोमिटरमा ५० जना र १ किला मिटरमा २५ जना लगायत अन्य गरी पाँच सयको जनाको सहभागिता रहेको जनाईएको छ । जस अन्तर्गत ५ किलोमिटर दौड प्रतियोगिताको उपाधी महोत्तरीका नारायाणकुमार कुशवाहाले जितेका छन् ।
null
यस्तै जुम्लाका विकास बुढा दोस्रो, जुम्ला कै कविन्द्र बुढा तृतीय र प्रेम रावत सान्त्वना भए । भने महिलातर्फका जुम्लाकी हिमाली शाही प्रथम भईन् । निशा पाण्डे दोस्रो, अन्जना लामा तेस्रो भईन् भने अस्मिता सुनार सान्त्वना भएको आयोजकले जनाएको छ ।
यस्तै एक किलोमिटरको दौड प्रतियोगितामा केटी तर्फ निरु रावत प्रथम, मन्जिता ऐडी दोस्रो र अष्मी भण्डारी तेस्रो स्थान भईन् । ।
एक किलोमिटर केटा तर्फ नारायण रावत, दोस्रो लक्ष्मण जिसी र तेस्रो मा नरेश बुढा भएको शाहीले बताए । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले पुरस्कार वितरण गरिन् ।
खेलाडीलाई मेडल, प्रमाण पत्र वितरण गरिएको छ । यस पटकको ४९ किलोमिटरतर्फको प्रतियोगितामा आयरल्याण्डका जिम्नी वस्टेन, डेनमार्कका स्टिना, बेलायतका अल्टन, बरस्विकको सहभागिता रहेको छ । भने भारतका ५२ वर्षीय धावक जगदिश यादव र २५ वर्षीय कुलद्धिप चौधरीले सहभागिता जनाएका छन् ।
जुम्ला रारा अल्टा म्याराथन नेपाल टेल रेस सिरिजको सेमिफाईलन प्रतियोगिता हो । महिला र पुरुषतर्फको प्रतियोगितामा उत्कृष्ट ६ जनाले फाईनल प्रतियोगितामा सहभागिता जनाउने छन् । भोलि मुगुस्थित रारा तालमा पुुरस्कार वितरण गरिने भएको छ । प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले ७५ हजार, ५० हजार र २५ हजार पाउने आयोजकले जनाएको छ ।








