अपडेटः कृषि विकास बैंक चोरी प्रकरणमा संलग्न १० जना पक्राउ, कर्मचारीसमेत संलग्नता

असाेज ८, काठमाडाैं । कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी प्रकरणमा संलग्न १० जना पक्राउ परेका छन् ।  बैंकका कर्मचारीसमेत संलग्न कृषि विकास बैंकको सीस्टम ह्याक गरी १ करोड ५६ लाख चोरी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हाे। 

चोरीमा बैंकका कर्मचारीको पनि संलग्नता रहेको नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानरकारी दिए।  उनीहरुलाई देशका विभिन्न भागबाट गएराति पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। 

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ, सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर लगायत छन् । रकम निकाल्न खाेज्ने सबै पक्राउ परिसकेकाले लुटिएको भनिएको रकम सुरक्षित रहेको प्रहरी दाबी छ । महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जनाए ।  

कृषि विकास बैंकका तीन वटा शाखाबाठ झण्डै २ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार मध्यराति सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको थियाे । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *