समुदाय–प्रहरी साझेदारी पालिका फुटसलको उपाधि चन्द्रागिरी नगरपालिका ५ लाई

भदौ २१, काठमाडौँ । समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा फुटसल प्रतियोगितामा चन्द्रागिरी नगरपालिका ५ ले जित हासिल गरेको छ ।   

मानव बेच–बिखन तथा ओसार-पसारविरुद्धको १३औं राष्ट्रिय दिवसको उपलक्षमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ आयोजना गरिएको फुटसल प्रतियोगिता अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ टुर्नामेन्ट च्याम्पियनको पहिलो उपाधी चुम्न सफल भएको हो । 

चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ सँग  २–० गोल अन्तरले पराजय भोगेको चन्द्रागिरी नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरि महानगरीय प्रहरी बृत्त थानकोट वडा नम्बर १४ लाई २-० ले हराउँदै  तेस्रो भएको छ ।   

विजतालाई चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी र महानगरीय प्रहरी बृत्त थानकोट प्रहरी प्रमुख कुमारबिक्रम थापाले विजेताहरूलाई पुरस्कार तथा सिल मेडल प्रदान गरे । पुरस्कार बितरण कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले स्वास्थ जीवन र सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारी अन्तर्गत भएको फुटसल प्रतियोगिता फलदायी हुने बताए । 

कार्यक्रममा महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले नगरपालिकाका युवा, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटसल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले मानव बेचविखनविरुद्ध जनचेतना जगाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक गायत्रीराज शर्माले समुदायलाई शान्ति सुरक्षामा चासो कायम गर्न र समुदायका हरेक गतिविधिमा प्रहरीको उपस्थिति कायम गर्न यस्तो गतिविधि सञ्चालन गरिएको जानकारी दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *