सिटि सेन्टरमा दशैंको किनमेल गर्नेलाई उपहारै उपहार

असोज १०, काठमाडौं । कमलपोखरी स्थित सिटि सेन्टरले चाडपर्वको अवसरमा दशैं बोनाञ्जा सार्वजनिक गरेको छ । सिटि सेन्टरका अनुसार विजयादशमी, दिपावली, नेपाल सम्वत र छैठको अवसरमा किनमेल गर्ने ग्राहकलाई विशेष योजना ल्याएको हो ।   

सिटि सेन्टरले आउँदो कर्तिक १६ गतेसम्म सेन्टरमा आएर कुनैपनि सामान किनमेल गर्ने ग्राहकलाई लक्की ड्र मार्फत उपहार प्रदान गर्ने जनाएको छ ।   

सिटि सेन्टरले सो अवधिमा डिस्काउन्ट सहित प्रथम पुरस्कार टिभिएस १६० आरटीआर, दोस्रो पुरस्कार टिभिएस जुपिटर स्कुटर र तेस्रो पुरस्कारको रुपमा ४३ इन्चको एलइडी टिभी दुई जनालाई दिने घोषणा गरेको छ ।   

यसका साथै चौथो पुरस्कार जित्नेलाई फ्रिज पाँचौलाई वासिङ मेसिन र छैटौंलाई भ्याकुम क्लिनर, हिटर तथा आइरन दिने घोषणा गरेको छ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *