नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको समझदारीमा फरफरक दृष्टिकोण

असोज ८, काठमाडौँ । आज राजधानीमा प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमध्ये अधिकांशले राजधानीमा मंगलबार भएको नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको समझदारी र अन्तरक्रिया समाचारलाई मुख्य समाचार बनाएका छन् ।   

उक्त विषयलाई आजको कान्तिपुर दैनिकले सी विचारधाराको ‘नेपालमा परीक्षण’ शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार चीनले सी विचारधारालाई विदेशी भूमिमा वैचारिक अन्तर्क्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको र यस किसिमको वैचारिक घनिष्ठता विरलै हुने गरेको छ ।   

त्यस्तै अन्नपूर्ण पोस्टले ‘असन्तुलित कूटनीति’ शीर्षकमा समाचार छापेको छ । अन्नपूर्णका अनुसार ‘छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले अर्थपूर्ण र असंलग्नताको अन्त्य भनेका छन् ।   

नेपाल समाचार पत्रले दुई कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी शीर्षकमा समाचार छापेको छ । आजको गोरखापत्र दैनिकले कोशेढुङ्गा बन्यो अन्तरक्रिया शीर्षकमा समाचा छापेको छ ।   

राजधानी दैनिकले नेकपा र सीपीसीबीच भाइचारा समझदारीपत्रमा हस्ताक्षर शीर्षकमा समाचार छापिएको छ । साथै अन्य समाचारहरुलाई पनि आजका राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ फ्रन्टपेजमा मुख्य समाचार बनाएका छन् ।   

फ्रन्टपेज जस्ताको तस्तै ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *