१३ औं सागमा सहभागी हुने पौडी खेलाडी छनौटका लागि एनएसए कप पौडी प्रतियोगिता हुँदै

भदौ १९, काठमाडौँ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोटका लागि एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।   

यही भदौ २४ र २५ गते ९ औँ एनएसए कप पौडी प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजनाका लागि नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समितिसमेत गठन गरेको छ । 

प्रतियोगिता १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ ।  मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिता निकै भब्य र व्यवस्थित हुने संयोजक मुस्लिमले विश्वास व्यक्त गरे ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *