प्रधानमन्त्री मोदीले आफ्नो जन्मदिन आमासँगै खाना खाएर मनाए

२०७६ असोज १ गते

असाेज १, भारत । गान्धीनगर (प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुगेका छन् ।
आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिएका थिए । उनले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।
भारतीय जनता पार्टीले निर्वाचनमा पाएको अपार सफलतापछि दोस्रोपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले यसै बर्ष उनले आफ्नी आमालाई दर्शन गरी आशिर्वाद लिएका थिए । उक्त दिन उनी गुजरात नै बसेका थिए ।
जन्मदिनका अवसरमा मोदी घर जाने जानकारीपछि उनको सुरक्षाका लागि गान्धीनगरमा विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । एजेन्सी

२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित