चितवनको बीरेन्द्रनगरमा राप्ती महोत्सव हुँदै

असोज ७, चितवन । चितवनको राप्ती नगरपालिकामा ७ बीरेन्द्रनगरमा प्रथम राप्ती महोत्सव हुने भएको छ । 

 राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको सयुक्त आयोजनामा पहिलो पटक महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक एवम् राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कडेंलले यही असोज २९ गतेदेखी कार्तिक ९ गते सम्म महोत्सव हुन लागेको बताए । 

महोत्सवमा कृषि,पर्यटनलाई प्राथमिकता दिईएको छ । कृषि र पर्यटनसंग सम्वन्धी विभिन्न गतिविधी महोत्सव अवधीभर संचालन हुने संयोजक कडेंलले बताए । नगर भित्र रहेका पर्यटकीय गन्तव्यहरुको फोटोहरु तथा विभिन्न जातजातिहरुको भेषभुषाहरु परिसरमा राखेर सेल्फी जोनको व्यवस्था गरिने उनले बताए । 

महोत्सवमा करिव २५० वटा स्टलहरु रहनेछन् । ११ दिन सम्म चल्ने महोत्सवमा ५ करोडको कारोवार हुने लक्ष्य रहेको राप्ती उद्योग बाणिज्य संघका महासचिव परशुराम पाठकले बताए । पाठकका अनुसार महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ६० र विद्यार्थीका लागि रु ४० को व्यवस्था गरिएको छ । 

महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु प्रमोद खरेल,वद्री पंगेनी, पशुपति शर्मा, दुर्गेश थापा, रामजी खाँड, रमेशराज भट्टराई,ज्योति मगर, प्रकाश सपुत, प्रिति आले, कमल खत्री, खुमन अधिकारी, पल्पसा डंगोल लगायत हाँस्य कलाकारहरुको समेत दैनिक रुपमा प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक प्रदिप उप्रेतीले जानकारी दिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *