फरवार्डले पायो ‘वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी’ फस्ट रनरअप अवार्ड

असोज ११, काठमाडौं । सुनसरीको दुहवीबाट सुरु भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले ‘वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी’ फस्ट रनरअप अवार्ड हात पारेको छ । शुक्रबार राजधानीमा आयोजित ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड –२०१९’ कार्यक्रममा फरवार्डलाई उक्त अवार्ड प्रदान गरिएको हो । ग्रामिण महिलालाई लघुवित्त कार्यक्रम मार्फत आर्थिक क्षेत्रमा अगाडी बढाउँदै आएको फरवार्डको उत्कृष्ठ ब्यवस्थापन, सवल वित्तिय सूचकका आधारमा उक्त अवार्डद्वारा सम्मानीत गरिएको छ ।   

अवार्ड हस्तान्तरण कार्यक्रममा फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त अवार्ड ग्रहण गरे । न्यू विजनेश एज प्रा.लि.को आयोजनामा भएको अवार्ड कार्यक्रममा यस वर्षको ‘बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी’ अवार्ड छिमेक लघुवित्त वित्तीय संस्थाले प्राप्त गर्यो । सोही विधामा ‘सेकेन्ड रनर अप’को अवार्ड स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले पायो ।   

फरवार्डका सिइओ आशनारायण चौधरीले फरवार्डले ग्रामिण क्षेत्रमा रहेका महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन र उनीहरुको सिप क्षमतालाई ब्यवसायीकरण गर्दै अगाडी बढेको बताए । उनले मुलुकको ४० वटा जिल्लाहरुमा फैलिएको संस्थाले अहिले सम्म १४१ वटा शाखा मार्फत अढाई लाख महिलालाई संगठित गरेको समेत बताए । ‘फरवार्डले महिला शशक्तिकरणलाई प्राथमिकता समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । मुलुकका माइक्रोफाइनान्सहरु मध्ये हामीले आफुलाई फरक र ब्यवस्थित बनाउन सफल भएका छौं । यो अवार्डको हकदार सम्पूर्ण कर्मचारी, फरवार्डमा आबद्ध महिला दिदिबहिनी तथा शुभचिन्तक हुनुहुन्छ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *