हाटखोलाको बाटोः हिँउदमा धुलाम्मे, बर्षामा हिलाम्मे

भदौ ३१, विराटनगर । सधैँ पैदल हिँड्ने, सवारीमा यात्रा गर्ने जो कोहीलाई विराटनगर महानगरपालिका स्थित हाटखोलाको सडकमा कष्ट झेल्नै पर्छ । जब पानी पर्छ सडक हिलाम्मे हुन्छ । जब घाम लाग्छ सडक धुलाम्मे हुन्छ । महानगरपालिकाले सफारी, टयाम्पुको भाडा दर २० रुपैयाँ तोकिदिए पनि हाटखोला चोकको नाम उच्चारण गर्नु अघि नै सफारी र ट्याम्पुवालाहरू ३० या ४० रूपैयाँ भन्दा कममा नजाने अडान लिन्छन् ।   

ट्याम्पु वा सिटीसफारीले दिन दहाडै खराब सडकका नाममा बढि भाडा माग्दा सर्वसाधारण दिउँसै ठगिइरह ेपनि नियाकम निकाय चुपचाप छ । औँशी पूर्णिमामा गिट्टि र बालुवाले सडकको खाल्डा, खुल्डी टालेर जनताको आँखामा छारो हालिए पनि केहि समय पश्चात् समस्या ज्यूँ का त्यूँ देखापर्छ । दैनिक सिटि सफारीमा यात्रा गरेकाहरु खराब सडकका कारण नलडेको दिनै छैन । हाटखोला जहाँ सामाजिक विकास मन्त्रालय, संसद भवन लगायतका नेपाल सरकारको प्रदेश प्रमुखका कार्यलयहरु छन् । त्यहिँको सडक खराब हुँदा विराटनगर महानगरपालिका भित्रका अन्य सडक कस्ता होलान्, अनुमान मात्र गर्न सकिन्छ । 

 प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन समाप्तिको समयको कालखण्डले २ वर्षमा पाईला टेकको छ । र जनताले रोजेका नेतृत्व चयन गरे सगैँ संघिय लोकतान्त्रिक गणतन्त्र मूल संरचना अनुसार  संघ, प्रदेश साथै स्थानिय गरी तीन तहमा विभाजित भै सकेको छ । गाँउ होस या शहर विकास र समृद्धिले ढोका खोलेको भएता पनि प्रदेश १ को राजधानी विराटनगरको हाट खोला जहाँ नेपाल सरकारको प्रदेश प्रमुखका कार्यलयहरु छन् । सोही स्थानको सडकमा भएको खाल्डो, खुल्डीको कारण आम नागरिकले सास्ती बेहोर्नु पेरेको छ ।   

हाट खोला चोक छेवैमा आर के सिटी सेन्टरको भवन निर्माण कार्य हुँदैछ । जसको अगाडी ठुल्ठुला खाल्डाहरु छन् । वडा कार्यलयमा धेरै पटक सडक मर्मतको विषय लिएर स्थानियवासीले कुरा राखे पनि कुनै सुनुवाई नभएको स्थानिय व्यापारी असोक रेग्मीको गुनासो छ । सो स्थानमा तीनवटा सिटी रिक्सा, एम्बुलेन्स पल्टिइसक्दा पनि स्थानीय निकायले सडक मर्मतमा ध्यान नदिएको उनको भनाइ छ । 

स्थानीय सरकार आएको २ वर्ष भइसक्यो, अझै सम्म हाट खोलाको बाटोले विकासको पाईला टेक्न सकेको छैन । सिटि रिक्सा चालकले २ यात्रु सहित पानी सरीको खाल्डोबाट सिटि रिक्सा निकाल्दै आक्रोसित भए । उनले तोकिएको भन्दा किन धेरै भाडा लिनुहुन्छ ? भन्ने प्रश्नमा जताततै सडक मर्मतको कार्य भइरहेकाले बाटो बन्द छ, धेरै घुम्नुपर्छ, पोसाउँदैन र बाटो अप्ठयारो भएको कटहरी ४ का चालक राजेश नेपालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *