जेठी श्रीमतीले बहुविवाहको उजुरी दिएपछी अध्यक्ष पक्राउ

भाद्र २३, प्युठान । १८ वर्षिय युवतीतलाई बहुविवाह गरेको आरोपमा  गाउँपालिका  अध्यक्ष पक्राउ परेका छन् । 

प्यु्ठानको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी बहुबिवाहको आरोपमा पक्राउ परेका हुन् ।   

अध्यक्ष गिरीकोले बहुविवाह गरेको उजुरी प्रहरी समक्ष उनकाे जेठी श्रीमती सीता  केसीले दर्ता गरेपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

Image result for बहुविवाह

उनकाे जेठी श्रीमती सीताले अध्यक्ष गिरी बिरुद्ध भदौ १० गते बहुविवाहकाे  मुद्दा दर्ता गरेको प्युठान प्रहरीले जनाएको छ ।   

प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले  भने  ‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *