एनआरएनए आईसीसी युवा संयोजकको निर्वाचनमा युएईका सुदीप कार्कीको जीत सुनिश्चित !

भाद्र २९, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चहल पहल बढ्दै गएको छ । नयाँ कार्य समितिको लागि आगामी अक्टोवर १५ देखी १७ तारिख सम्म नेपालमा हुन गइरहेको नवौं विश्व सम्मेलनको निर्वाचनका लागि एनआरएनए आईसिसि युवा संयोजक पदका लागि उम्मेद्वार सुदिप बहादुर कार्कीले समेत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।   

युवा ब्यक्तित्व कार्कीले एनआरएनए युएईमा सन् २०१३ देखि सन् २०१५ सम्म उपाध्यक्षका रुपमा र सन् २०१५ देखी सन् २०१७ सम्म अध्यक्षका रुपमा सफल कार्यकाल निभाएका थिए । उनी २०१७ देखी २०१९ सम्मका लागि आइसिसि सदस्यका रुपमा रहिरहेका छन् । 

सानै उमेरदेखी नै समाजसेवामा चासो राख्दै आफ्नो भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएनए भित्र लोकप्रिय नाम हो । युएई जहाँ लाखौं नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ त्यहाँ उनले आफ्नो कार्यकालमा अप्ठ¥यारोमा परेका श्रमिक र दक्ष जनशक्तिका रुपमा गएका युवाहरुको पक्षमा धेरै काम गरेका छन् ।   

कम उमेरमै उनमा देखिएको नेत्तृत्व गर्नसक्ने क्षमता नै उनको परिचय बनेको छ । उनी एनसिसि अध्यक्ष बन्दा सबैभन्दा कम उमेरमा एनसिसि अध्यक्ष बन्न सफल भएका व्यक्ति हुन् । 

आफुहरु जुन कारणले विदेशिनु परेपनि अब विदेशिने क्रम रोकिनुपर्ने र विदेशिएका नेपालीहरुले सिकेको शिप र क्षमतालाई विस्तारै नेपालमै व्यवसाय गर्न प्रेरित गर्नुपर्ने कार्कीको भनाई छ । विश्वका क्षेत्रमा छरिएर रहेका युवाहरुलाई समेट्नु र उनीहरुले भोगेका समस्यालाई हल गर्नु कार्कीको एजेण्डा हो । 

 ‘दक्ष जनशक्ति यसरी पलायन हुनु स्वदेशको लागि ठिक हैन, तथापि, मैले विश्वभर छरिएर रहेका नेपाली युवाहरुलाई एकसुत्रमा बाधेर आफ्नो मातृभूमिका लागि केहि गर्ने सोच बनाएकोले आफ्नो उम्मेद्वारी घोषणा गरेको हुँ ।’ उनी भन्छन् । 

विश्वभर नेपालका मौलिक उत्पादनलाई पुर्याएर देशविकासमा टेवा दिने धारणा राख्दै उनले आफ्नो लक्ष्य अन्तत विदेशिएका युवालाई नेपालमा फर्काएर नेपालमै प्रयाप्त रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु कार्कीको लक्ष्य छ । त्यसैगरी विश्वका विभिन्न मुलुकमा रहेका कुटनीतिक नियोग संगको सम्बन्धलाई व्यवस्थित पार्ने योजना पनि कार्की सँग छ । आज सम्म भएका सबै निर्वाचनमा कार्की अत्यन्तै भारी मतका साथ विजयी हुदै आएकाले उनको जित सुनिश्चित देखिएको छ ।   

उनमा देखिएको कुशल नेत्तृत्व क्षमताकै कारण उनी युवाहरुका साथै एनआरएनएमा परिचित बन्न पुगेका हुन् । उनी मध्य पूर्वको क्षेत्रमा मात्र नभै विश्वका धेरै देशमा परिचित छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *