नेपालमै पहिलो पटक मनाईयो हात्ती दिवस, संरक्षणमा जोड (फोटो फिचर सहित)

 

साउन २७, चितवन । चितवनको सौराहामा सफारीमा रम्ने हात्तीहरुलाई सोमवार फरक दृश्यमा देख्न पाईयो । पर्यटक वोकेर मध्यवर्ती वन क्षेत्रमा सफारीमा व्यस्त हुने हात्तीहरु एउटै थलोमा रमाई रहेका थिए । 

उनीहरुका लागि पिकनिक आयोजना गरिएको थियो । सोही पिकनिकका लागि हात्तीहरु लावालस्कर एकै ठाउँमा उभिएका हुन् । अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर नेपालमै पहिलो पटक हात्ती दिवसको आयोजना गरिएको हो । 

null

 

दिवसकै अवसरमा हात्तीका लागि पिकनिक आयोजना गरिएको थियो । सौराहामै आयोजना गरिने हात्ती महोत्सवमा पनि हात्तीका लागि पिकनिक गरिदैं आएको छ । हात्ती दिवसका दिन सोमवार युनाईटेड हात्ती संचालन सहकारी संस्था,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले हात्तीहरुका लागि पिकनिकको अवसर जुटाएको हो । 

 

बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि फलफुल, वन्दा, धान, सखर लगायतका भोजनको व्यवस्था गरिएको थियो । हात्तीहरु पिकनिकमा हात्ती रमाएको हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरु पनि रमाईलो मानेर हेरेको देखिन्थ्यो । युनाईटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध रहेका हात्तीहरुलाई पिकनिकमा समावेश गरिएको थियो । 

सहकारीमा ५७ वटा हात्ती आवद्ध छन् भन ५ वटा हात्ती आवद्ध छैनन् । पिकनिक सुरु हुनु अघि आयोजित औपचारीक कार्यक्रममा वोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्तीमैत्री नगर वनाउन नगरपालिका प्रतिवद्ध रहेको वताए । मेयर वनले हात्तीको प्रयोग सही ढंगले गर्नु पर्ने औल्याउँदै माउतेको भुमिका यसमा महत्वपूर्ण हुने वताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डाक्टर बाबुराम लामिछानेले हात्तीका लागि आवश्यक वासस्थानको विस्तार र संरक्षण गर्न नसके छोटो समयमै जंगली हात्ती लोप हुन सक्ने औल्याए । 

 

नेपाल भर जंगली र घरपालुवा गरि करिव ५ सय हात्ती रहेको तथ्यांक छ । युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सुचना केन्द्र सौराहाका प्रमुख रामकुमार अर्याल,चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख ऋषि रानाभाट,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना,बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एवंम् कार्यक्रम संयोजक जीत वहादुर तामाङ लगायतले सौराहा वचाउन हात्तीहरुको भुमिका रहेको उल्लेख गर्दै संरक्षणमा जोड दिए । 

सन् २०१२ मा क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको हो । विश्वभर ३५ देखी ४० हजार हात्ती रहेको अनुमान छ ।  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *