एक दर्जन एनसेल र एनटीसीको टावरमा विस्फोट र आगजनी

फाइल तस्विर
साउन १६, काठमाडौं । अज्ञात समूहले विभिन्न जिल्लामा गरी एनसेलको एक दर्जन बढी टावरमा बम विस्फोट गराएको छ भने एनटीसीको एउटा टावरमा आगजनी गराएको छ ।
null
साउन १५ र १६ मा १२ जिल्लामा रहेका एनसेल टावरमा र अर्घाखाँचीमा एउटा एनटिसीको टावरमा बम विस्फोट र आगजनी भएको हो । सबैजसो ठाउँमा रातको समयमा विस्फोट र आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको हो ।
आगजनी प्रतिबन्धित विप्लव समूहले गराएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपी यी घटनाका जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । विष्फोट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ








