विश्वकप फुटबलको छनोटका लागि २३ नेपाली टोलीको घोषणा

भाद्र १२, काठमाडौँ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि भइरहेको एसियाली छनोट अन्तर्गत नेपाली फुटवल टोलीको घोषणा भएको छ । कतारमा सम्पन्न हुने यस खेलमा नेपाली टोलीले कुवेत र चाइनिज ताइपेई बिरुद्धको खेल खेल्नेछन् । 

बिहिबार प्रशिक्षक योहान कालिनले २३ नेपाली टोली उक्त खेलको लागि घोषणा गरेका हुन् ।  प्रशिक्षक  कालिनले यसअघिका नियमित कप्तान विराज मर्हजनलाई भने यस टोलीमा लिएका छैनन् ।   

नेपाली टोलीको गोल किपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छनोटमा परेका छन् ।  त्यसैगरी डीफेन्डरतर्फ सरोज दाहाल, अजित भन्डारी, दीनेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छानिएक छन्। 

स्ट्राईकरमा  विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छानिएका छन् भने मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छानिएका छन् । 

एसियाली छनोट अन्तर्गत नेपालले सेप्टेम्बर ५ मा कुवेत र सेप्टेम्बर १० तारिखमा चाइनिज ताइपेईसँग खेल खेल्ने छन्। 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *