नाडा अटो शोमा सांग्रिला डेभलपमेन्ट बैंकले दियो आकर्षक अफर, गाडी किन्नेलाई फाइदै फाइदा

भाद्र १०, काठमाडौं । चाडपर्व नजिकिएसँगै अटोमोवाइल्स कम्पनी र वित्तिय संस्थाहरुले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम ल्याइरहेका छन । आजैबाट राजधानीमा ६ दिने नाडा अटो शो समेत सुरु भएको छ । अटोमोवाइल्सको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीमा विभिन्न बैंकहरुले समेत सवारी किन्ने उपभोक्तालाई आकर्षक अफर दिएका छन् ।  

यसै सन्दर्भमा नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकलाई सांग्रिला डेभलपमेन्ट बैंक लि.ले अटो लोन अन्र्तगत आकर्षक अफर ल्याएको छ । बैंकमार्फत नाडा अटो शोमा जुनसुकै गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले ५० देखि ८० प्रतिशत लोनको ब्यवस्था गरेको बैंकले जनाएको छ । ङसांग्रिला डेभलपमेन्ट बैंकले ११.६६ वार्षिक ब्याजदरमा अटो लोनको ब्यवस्था गरेको छ ।  

‘अहिलेको अवस्थामा जुनसुकै उमेर वर्ग समुदायका लागि सवारी अनिवार्य आवश्यक्ता जस्तै भएको छ । हामीले यहि कुरालाई ध्यानमा राखि सबै नेपालीले गाडी चढ्न पाउनुपर्छ भनेर न्यूनतम ब्याजदरमा अटोलोन दिँदैछौं ।’ बैंकका मार्केटिङ मेनेजर रवि केसीले बताए । उनले मध्यम आयस्तर भएका नेपालीका लागि बैंकले ल्याएको योजनाले आफ्नै सवारी चढ्न सक्ने सुविधा दिएको बताए । बैंकले अटो शोमा सवारी खरिद गर्ने ग्राहकका लागि ३ दिनमा बैंकिङ प्रोसेस पुरा गर्ने समेत बताएको छ ।  

Image result for sangrila bikas bank ltd

सांग्रिलाले ११.६६ वार्षिक ब्याजदरमा होमलोनको समेत सुविधा दिएको छ । नाडा अटो शोमा ग्राहकले सांग्रिला डेभलपमेन्ट बैंक मार्फत कुनैपनि प्रकारको सवारी साधन २० देखि ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम ७ देखि १० वर्षको किस्ताबन्दीमा तिर्ने सुविधा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *