दाङमा गाउँपालिका अध्यक्ष चढ्ने गाडी कसले जलायो ?

साउन २६, दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ । शनिबार राति रा १ झ १५२ नम्वरको बोलेरो गाडी अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । अध्यक्ष वलीको घरनजिक रहेको वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको बेलामा मध्यरातमा गाडी जलाइएको हो । 

गाडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपी गाडी कस्ले र किन आगजनी गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *