महोत्तरी: बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

  

साउन १९, काठमाडौं । महोत्तरीको बर्दिवासमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ४ अतबे पुल नजिकै शनिबार राति बसको ठक्करबाट अन्दाजी ४० वर्षीय पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौतिर गईरहेको ना ६ ख १६४१ नम्बरको यात्री बोकेको बसले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते भएका पैदल यात्रीको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृतकको शव पोस्टमाटमका लागी अञ्चल अस्पताल जनकपुर लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =