गाउँले नभएर के भो ? विकास योजनामा बजेट फालाफाल, बजेटमा सिमित व्यक्तिको हालिमुहाली

भदौ ९, काठमाडौँ । गाउँमा ४१ परिवार थिए । त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके । उनीहरु उतै मग्नमस्त छन् । ११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ । 

यो बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ हो । गाउँले नभएर के भो ? यहाँ विकासका योजना भने फालाफाल छन् । गत वर्ष मात्र यहाँ २ करोड रुपैयाँ लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन् ।   

केही योजना बने । केही बनेका छैनन् । तर कागजमा ती बनिसके । काम नभए पनि सम्पन्न भएको देखाएर ‘बाँडीचुँडी खान’ रकम भुक्तानी भइसक्यो । काम गर्ने मान्छे नहुँदा सम्पन्न भएका सिँचाई योजना मात्र होइन तग आर्थिक वर्षमा सडक, खानेपानी, सामुदायिक भवन, मठमन्दिर गरी २ करोड रुपैयाँभन्दा बढीका अन्य योजना पनि सम्पन्न भए ।  

null

विशालपुर गाउँसँग सिमाना जोडिएको गाउँपालिका हो, भागेश्वर । यसको ४ नम्बर वडामा मात्र यस वर्ष १ सय ५२ योजनामा बजेट पर्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा ‘योजनै योजना, गाउँ रित्तै’ शीर्षकमा समाचार छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =